३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश

सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न आदेश भएको छ। यसको लिखित आदेश भने आउन बाँकी छ।

प्रकाशित: ६ जेष्ठ २०८३ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App