१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताएकी छन्।

'भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्,' परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन्।

प्रकाशित: ३० श्रावण २०८२ १०:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App