७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबिच भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल

परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ।

भेटका अवसरमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ। उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबिच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो।

भेटघाटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ७ आश्विन २०८३ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App