१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सर्वोच्चको फैसलापछि पूर्णबहादुर समूह छलफलमा

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आन्तरिक छलफलमा जुटेका छन्।

विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने आयोगको निर्णयलाई सर्वोच्चले सदर गरेपछि उत्पन्न परिस्थितिमाथि मन्थन गर्न खड्काले शनिबार आफ्नो समूहको बैठक बोलाएका हुन्।

गोल्फुटारस्थित खड्काको निवासमा जारी बैठकमा पूर्वपदाधिकारी, निवर्तमान केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको सहभागिता छ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह सहभागी छन्।

यसअघि शुक्रबार सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयविरुद्ध १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति खड्काले दिएको रिट निवेदनमाथि फैसला सुनाउँदै आयोगकै निर्णयलाई सदर गरेको थियो।

प्रकाशित: ५ वैशाख २०८३ १७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App