२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालमा भाइरल बनेपछि अर्थमन्त्री वाग्लेले भने : संसद्‌मा म निदाएको थिइनँ

‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्पष्टीकरण दिएका छन्।

अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले संसद्‌मा आफू ननिदाएको बताए। उनले भाइरलपछि नलागेर जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्ने भन्दै उनले चेत राख्न सासंदहरूसँग आग्रह गरे।

‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो, माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ, अर्थमन्त्री निदायो भनेर दसौं लाखलाई रमिता भएको छ आज,’ उनले भने, ‘त्यसैले जे देखिन्छ, त्यो सही नहुन पनि सक्छ, एकदम दूरगामी निष्कर्षमा पुगिनहाल्नु होला।’

प्रकाशित: २९ वैशाख २०८३ १३:२८ मंगलबार