२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

नाउपा अध्यक्षमा लालवीरलाई निर्वाचन आयोगले दिएन मान्यता

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गरिदिएको छ।

काठमाडौंमा हालै भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई साउन १५ गते अध्यक्ष चयन गरेकाे थियाे। अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

निर्वाचन आयोगले भने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने निर्णय गरेकाे छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको हो।

प्रकाशित: २८ श्रावण २०८२ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App