२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

न आत्तिनुस, सरकार छ, कसैलाई अन्याय गर्दैन : सांसद संग्रौला

रास्वपा सांसद ज्वाला संग्रौलाले सुकुम्बासीका नाममा सधैंभरि राजनीति गर्नेहरूका लागि मात्र तनाव भएको बताएकी छन्।

उनले वास्तविक सुकुम्बासीहरूले विरोध नगरी शान्ति पूर्वक आ-आफ्ना सामान सारेर ठाउँ खाली गरिरहेको भनाइ राखिन्। साथै संग्रौलाले सरकारले कसैलाई अन्याय नगर्ने दाबी समेत गरिन्।

'सुकुम्बासीका नाममा सधैंभरि राजनीति गर्नेहरूका लागि मात्र तनाव हो, वास्तविक सुकुम्बासीहरूले विरोध नगरी शान्तिपूर्वक आ-आफ्ना सामान सारेर ठाउँ खाली गर्दै हुनुहुन्छ। न आत्तिनुस, सरकार छ, कसैलाई अन्याय गर्दैन,' उनले सामाजिक सञ्जालमार्फत भनिन्।

प्रकाशित: १२ वैशाख २०८३ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App