नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीको मनोबल उठाउने र पार्टीको अवस्था कमजोर पार्ने गरी भूमिका नखेल्न चेतावनी दिएका छन्।
आज (सोमबार) देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले यस्तो चेतावनी दिएका हुन्। उनले भने, 'बाहिर गएर जगहसाईं गर्ने, पार्टीको अवस्था कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने क्रियालाप हुनुहुँदैन।'
ओलीले यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने र पार्टीभित्र खुला बहस गर्नुपर्ने जिकिर गरे।
साथै, पार्टीभित्रको बहस मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ भनेर बोलेकोमा उनले आपत्ति समेत जनाएका छन्। उनले पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न उद्धत भएको आरोप लगाए।
'अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो। यस्ता कुरा बोल्ने को न्यायाधीश?' ओलीले भने, 'तपाईं पार्टीभित्र हुनुहुन्छ भने कमिटीमा छलफल गर्नुस्। राय राख्नुस्।'
प्रकाशित: ५ आश्विन २०८३ १३:४८ सोमबार





-600x400.jpg)