१ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

सरकारी अस्पतालका बिग्रेका उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्नेबारे छलफल

सरकारी अस्पतालहरूमा थन्किएका र बिग्रिएका स्वास्थ्य उपकरणहरूलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउन सरकारले पहल सुरु गरेको छ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबिच देशभरका सरकारी स्वास्थ्य संस्थाहरूमा रहेका प्रयोगविहीन उपकरणहरूको पहिचान र मर्मत सम्भार गर्ने सम्बन्धमा आपसी समन्वय र सहकार्य गर्नेबारे चर्चा भएको हो।

मन्त्री मेहताको सचिवालयका अनुसार छलफलमा देशका विभिन्न अस्पतालका स्वास्थ्य उपकरणहरू सामान्य प्राविधिक समस्याका कारण पनि थन्किरहेको अवस्थालाई ध्यानमा राख्दै, तिनलाई तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने योजना बनाइएको छ।

सचिवालयले भनेको छ, ‘नेपाल सरकारअन्तर्गतका सरकारी अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत सम्भार गरी सञ्चालनमा ल्याउने गरी समन्वय र सहकार्य गर्ने सम्बन्धमा माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यू र माननीय महावीर पुन ज्यूबिच छलफल भएको छ।’ 

प्रकाशित: २० जेष्ठ २०८३ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App