१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली र लेखकको म्याद थपबारे बहस सकियो, केहीबेरमा आदेश आउने

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि थुनामा राख्ने म्यादबारे अदालतमा बहस सकिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा उनीहरूको म्याद थपको विषयमा सुनुवाइ भएको हो।

सरकारी वकिलले दुवै नेतालाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतसमक्ष माग गरेका छन्। सरकारी वकिलको मागदाबीपछि इजलासमा कानुन व्यवसायीहरूको बहस चलेको हो।

आइतबारको बहसमा पूर्वगृहमन्त्री लेखक अदालतमा आफैं उपस्थित भएका छन्। यता पूर्वप्रधानमन्त्री ओली भने अस्वस्थताका कारण त्रिवि शिक्षण अस्पतालबाट भर्चुअल माध्यममार्फत सुनुवाइमा जोडिएका छन्।

दुवै पक्षको बहस सकिएसँगै अबको केहीबेरमा इजलासले म्याद थपको निर्णय सुनाउने अदालतले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८२ १५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App