२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

हाम्रो सभापति देउवा नै हो : शशांक कोइराला

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापालाई पार्टी सभापतिमा अस्विकार गरेका छन्।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेका बताएका हुन्।

पूर्वसभापति देउवा करिब छ महिनापछि आज स्वदेश फर्किन लागेका छन्। उनको स्वागतमा विमानस्थल पुगेका कोइरालाले पार्टी अब एकताबद्ध भएर अगाडी बढ्ने बताए।

कांग्रेसको संस्थापन इतर समूहले देउवालाई  विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ।

देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन्।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।

उनी थप उपचारका लागि भन्दै सिंगापुरबाट हङकङ पुगेका थिए।

प्रकाशित: २८ श्रावण २०८३ १२:३५ बिहीबार