१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

देउवा समूह रक्षात्मक, आगामी रणनीति तय गर्न धुम्बाराहीमा भेला (तस्बिरहरु)

नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले पाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा समूह रक्षात्मक बनेको छ।

पार्टीभित्र विकसित पछिल्लो घटनाक्रम र आगामी रणनीतिका विषयमा छलफल गर्न देउवा पक्षीय नेताहरू यतिबेला परामर्शमा जुटेका छन्।

आगामी कार्यदिशा तय गर्न नेता पूर्णबहादुर खड्काले आइतबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा पूर्व केन्द्रीय सदस्यहरूको भेला बोलाएका हुन्।

विशेष महाधिवेशनपछि पार्टीको नेतृत्व परिवर्तन भएसँगै आफ्नो समूहको अस्तित्व र भूमिकालाई लिएर यो पक्ष दबाबमा देखिएको छ।

भेलामा नेता खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

बैठकमा सहभागी नेताहरूले पार्टीको नयाँ संरचनामा कसरी प्रस्तुत हुने र आन्तरिक शक्ति सन्तुलनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे धारणा राखिरहेका छन्।

यसअघि शनिबार नेता खड्काले आफ्नै निवासमा तत्कालीन पदाधिकारीहरूसँग प्रारम्भिक छलफल गरेका थिए। उक्त छलफलले सर्वोच्च अदालतको निर्णयप्रति असहमति रहे पनि त्यसलाई कानुनी रूपमा स्वीकार गर्दै अघि बढ्ने निष्कर्ष निकालेको थियो।

हेराैं तस्बिरहरु, सबै तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ६ वैशाख २०८३ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App