नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टीको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
देउवा र खड्काले महाधिवेशन रोक्न छुट्टा छुट्टै रिट निवेदन दर्ता गराएका हुन्।
देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवण कुमारले रिट दर्ता गरेका हुन्।
उनीहरुले कांग्रेस महाधिवेशनको प्रक्रिया र कार्यतालिका रोक्न माग गरेका छन्।
यसअघि संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो।
यसअघि सर्वोच्चले कांग्रेसको आधिकारिकताका विषयमा पुनरावलोकनको आदेश दिएको थियो।
प्रकाशित: ५ भाद्र २०८३ १४:३२ शुक्रबार





-600x400.jpg)