२७ असार २०८३ शनिबार
image/svg+xml
राजनीति

उपसभामुख ठाकुर अस्वस्थ, हर्क साम्पाङले गरे स्वास्थ्य लाभको कामना

फाइल तस्बिर

उपसभामुख रूविकुमारी ठाकुर अचानक अस्वस्थ भएकी छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उनी बिरामी परेको जानकारी दिएका हुन्।

बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराउँदै उनले लेखेका छन्, ‘हाम्रा उपसभामुखज्यू अचानक बिरामी हुनु भो रे भन्ने सुनियो। काठमाडौंमा रहनु भएकाहरूले निकायलाई समेत जानकारी गराएर उपचारमा जुट्नु है। स्वास्थ्य लाभको कामना। अहिले म पाँचथरमा छु।’

साम्पाङले उपसभामुखको उपचारमा जुट्न काठमाडौंमा रहेकाहरूलाई आग्रह समेत गरेका छन्। उपसभामुख ठाकुरलाई के भएको हो र हाल उनको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे जानकारी गराएका छैनन्। 

प्रकाशित: १६ वैशाख २०८३ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App