३ वैशाख २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेताको सम्पत्ति छानबिन गर्ने निर्णय मै प्रधानमन्त्री हुँदाको हो: दाहाल

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णय आफू प्रधानमन्त्री हुँदा नै गरिएको दाबी गरेका छन्।  

पार्टी मुख्यालय पेरिस डाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा आफूले पटक–पटक स्पष्ट पारिसकेको बताए।

प्रचण्डले हालको सरकारको कामकारबाहीबारे टिप्पणी गर्ने समय भइनसकेको उल्लेख गर्दै सरकारलाई काम गर्ने अवसर दिनुपर्ने धारणा राखे। उनले बालेन शाह नेतृत्वको सरकारबारे तत्काल टिप्पणी नगर्ने भन्दै “हामी हेरिरहेका छौँ, अहिले नै टिप्पणी गर्ने बेला भएको छैन, सकेसम्म राम्रो गरोस्” भने।

सरकारले पूर्वप्रधानमन्त्री प्रचण्डसहित शेरबहादुर देउवा र केपी शर्मा ओली लगायत शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको बताइएको छ।

प्रकाशित: २८ चैत्र २०८२ १७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App