नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले कृत्रिम बौद्धिकता (एआई) मा अत्याधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने बताएका छन्।
धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले एआईको तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्न सक्ने प्रभावबारे चर्चा गरेका हुन्। सोही अवसरमा उनले एआईमा अत्याधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुन सक्ने र प्रविधिका कारण श्रमिक विस्थापित हुने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे।
विश्वका विभिन्न मुलुकले एआईबाट उत्पन्न हुन सक्ने चुनौती सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए। संयोजक दाहालले विद्यमान राजनीतिक परिस्थितिबाट निराश नभई अनुशासित र धैर्यतापूर्वक संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरे।
सो अवसरमा उनले प्रदेश सरकारमा अहिले भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
यो पनि पढ्नुहोस्
प्रदेश सरकारको सहकार्य स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्छ : संयोजक दाहालप्रकाशित: १७ आश्विन २०८३ २०:०४ शनिबार

