१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

पुष्पलाल लोकमार्ग अभियान सुरु गर्न दाहाल पोखरामा

नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग ) केन्द्रित अभियान पुनः सुरु गर्ने भएको छ। 

सो अभियान सुरु गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल पोखरा पुगेका छन्। बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट आज (भाद्र २१ गते) दिउँसो ३ बजे रुपा-१ स्यास्त्रीस्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २१ भाद्र २०८२ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App