२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

राजनीतिक ‘दुरी’ मेट्दै दाहाल र रावलले गरे अंकमाल (तस्बिरहरु)

नेकपा (एमाले) सँगको लामो सहकार्य तोडेको १० महिनापछि नेता डा. भीम रावलले आफ्नो राजनीतिक यात्राको नयाँ अध्याय सुरु गरेका छन्।

बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहबीच उनी आफ्नो नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ सहित नवगठित नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल देखि शीर्ष वरीयतामा रहेका नेताहरू कार्यक्रममा सहभागी थिए। सो क्रममा नेताहरुले खादा लगाएर नेता रावललाई अंकमाल गरि पार्टीमा स्वागत गरे।

कार्यक्रममा संयोजक दाहालसहित सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतम लगायतले रावललाई खादा लगाएर पार्टीमा भव्य स्वागत गरेका थिए।

तत्कालीन एमालेमा लामो समय सहकार्य गरेका नेताहरू नेपाल, खनाल र गौतमले आफ्ना पुराना सहकर्मी रावललाई अँगालो हालेर स्वागत गर्दा कार्यक्रमस्थल तालीले गुञ्जिएको थियो।

कार्यक्रमका केही तस्बिरहरू, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

भीम रावललाई नेकपामा फूलमाला र अंकमालसहित स्वागत (तस्बिरहरू)

प्रकाशित: २६ कार्तिक २०८२ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App