गृहमन्त्री ओमप्रकाश अर्यालले अपराध अनुसन्धानलाई अब परिणाममुखी बनाउने बताएका छन् । उनले अनुसन्धानको प्रक्रिया पहिला जस्तो नहुनेभन्दै राजनीतिक आवरणले रोकिएका अनुसन्धानका घटना अब क्रमश: अघि बढ्ने बताए ।
कुनै दोषी कसैले उन्मुक्ति पाउनु हुँदैन भन्दै गृहमन्त्रीले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका विषय पनि अनुसन्धानका प्रक्रियामा जाने बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण गर्दै उनले सुशासन प्रवर्द्धनमा विगतदेखि नै हुँदै आएको अवरोध वर्तमान सरकारले चिर्ने बताए ।
अर्यालले भने, ‘राजनीतिक सम्बन्धका आधारमा विगतमा जे बिथोलिएको थियो, त्यो अब हुँदैन, यो सरकारको ‘म्यान्डेड’ सुशासन हो, त्यसो हुन सकेन भने शान्तिसुरक्षा हुँदैन । छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न शान्तिसुरक्षा बलियो हुनैपर्छ । त्यसका लागि सुशासन आवश्यक छ ।’
अनुसन्धान गर्ने निकायले व्यावसायिकता प्रदर्शन गरेर कामलाई अघि बढाउनुपर्ने सुझाव गृहमन्त्रीको छ ।
प्रकाशित: ११ आश्विन २०८२ ०७:५४ शनिबार





