२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा  पदाधिकारीको मतगणना सुरु गरिएको हो। 

निर्वाचन समितिका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँगको बैठक सकिएपछि मतगणना सुरु गरिएको हो।

मतगणनाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन स्थानको व्यवस्था गरिएको छ। विभिन्न १४ कोठामा सीसी क्यामेरा जडान गरी कडा सुरक्षा व्यवस्थाका साथ मतगणना भइरहेको छ। 

प्रकाशित: २४ आश्विन २०८३ १८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App