२ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सीमाबारे प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ : हर्क सामपाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले आफ्नो वचन सच्याउनुपर्ने बताए।

उनले भने, ‘देश रहनका लागि भूगोल चाहिन्छ। भूगोल बिनाको देश हुँदैन। प्रधानमन्त्रीज्यूको मुखबाट जे सुनिरहेका छौं, त्यसबाट हामी दुखी छौं। आक्रोशित छौं। उहाँले आफ्नो वचन सच्याउनुपर्छ। उहाँको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ।’

यस्तै, उनले नेपाली सेनालाई अन्यन्त्र प्रयोग भइरहेको बताउदै सीमा सुरक्षामा खटाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘नेपाली सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ। नेपाली सेनालाई राख्नुपर्ने ठाउँ सीमानामा हो तर अन्यन्त्र प्रयोग भइरहेको छ।’ 

प्रकाशित: २५ जेष्ठ २०८३ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App