२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधानविद् आचार्यको प्रश्न : सत्ता पक्ष र प्रतिपक्ष दुवै आफैँ हुने तमासा किन देखाउनु हुन्छ ?

'सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामबारे प्रश्न गर्न थाल्नुभएछ, खुसी लाग्यो'

संविधानविद् भिमार्जुन आचार्यले सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामका बारेमा प्रश्नहरू गर्न थालेको देखेरआफूलाई खुसी लागेकफ बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन‍्। आचार्यले तर प्रश्न सरकारप्रति मात्र नभइ आफैँप्रति झनै गम्भीर रहेको बताए।

उनले आफैँले जन्माएको सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थालेको र यसलाई बदल्ने शक्ति उनीहरूसँगै रहेको बताए।

'सत्तारूढ दलका नेता र सांसदहरूले सरकारका कामका बारेमा अब प्रश्नहरू गर्न थाल्नु भएछ। खुसी लाग्यो। तर, प्रश्न सरकारप्रति मात्र होइन। तपाईँप्रति झनै गम्भीर छ। आफैँले जन्माएको सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थाल्नु भा हो र यसका कामकारबाहीमा साच्चै असन्तुष्ट हुनु भा हो भने यसलाई बदल्ने तागत् त तपाईँसँगै छ, किन त्यसो गर्न सक्नु हुन्न?' उनले प्रश्न गरे।

सत्ता पक्ष र प्रतिपक्ष दुवै आफैँ हुने तमासा किन देखाएको भन्दै उनले यस्तो कार्यले पद्दति र मूल्यलाई झनै कमजोर बनाउने भनाइ राखे।

'सत्ता पक्ष र प्रतिपक्ष दुवै आफैँ हुने तमासा किन देखाउनु हुन्छ? यस्तो कार्यले हाम्रा पद्दति र मूल्यलाई झनै कमजोर बनाउँछ,' उनले भने।

प्रकाशित: २३ श्रावण २०८३ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App