१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

नेपालमा संवैधानिक राजसंस्था आवश्यक छ: शंकर भण्डारी

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले देशको राष्ट्रिय एकता, स्वाधीनता र अखण्डतालाई सुदृढ बनाउन संवैधानिक राजसंस्था आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले बीपी कोइरालाको २०३३ सालको राष्ट्रिय मेलमिलाप नीतिको मूल आधार राष्ट्रियता रहेको उल्लेख गरे।

उनले भने, ‘बीपीको नाम मात्रै जपेर हुँदैन, २०३३ सालको राष्ट्रिय मेलमिलाप नीति पनि बुझ्नुपर्छ। त्यसको केन्द्रमा राष्ट्रियता छ। राष्ट्रका सबै शक्तिलाई एकीकृत गरेर मात्रै स्वाधीनता र अखण्डतालाई मजबुत बनाउन सकिन्छ। त्यसैले संवैधानिक राजसंस्था पनि देशका लागि आवश्यक छ।’

भण्डारीले गोदावरीमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा बहुसंख्यक प्रतिनिधि वैदिक सनातन धर्मको पक्षमा उभिए पनि नेतृत्वले त्यसलाई स्वीकार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले पार्टी नेतृत्वले जनभावनाको सम्मान गर्दै जनताले स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्ने र त्यसका लागि शीर्ष नेताहरू अभिभावकीय भूमिकामा प्रस्तुत हुनुपर्ने धारणा राखे।

प्रकाशित: ६ श्रावण २०८३ २१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App