३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको बताएका छन्।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले संवैधानिक अधिकारको कार्यान्वयन तथा पूर्ण परिपालनामा जोड दिएका छन्।

संविधानका उपलब्धिको रक्षासँगै उनले संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य आवश्यक भएको बताएका छन्।

सन्देशमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, सङ्घीयताको सुदृढीकरण र नागरिक केन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको बताएका छन्। 

प्रकाशित: ३ आश्विन २०८३ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App