१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

संविधानसभा सदस्य श्रम संस्कृति पार्टीमा प्रवेश

संविधानसभा सदस्य सञ्चपाल मादेन र सिदिङ्वा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष जीवन ताम्लिङसहित ठुलो संख्यामा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। 

पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा फुङलिङमा सोमवार आयोजित कार्यक्रममार्फत मादेन र ताम्लिङसहित श्रम संस्कृति पार्टीमा प्रवेश गरेको श्रम संस्कृति पार्टीका ताप्लेजुङ अध्यक्ष निमा शेर्पाले जानकारी दिए। मादेन २०६४ सालको संविधानसभामा तत्कालीन एकीकृत (नेकपा माओवादी)बाट संविधानसभा सदस्य भएका थिए। 

उनी २०७० सालको संविधानसभाको सदस्य निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ का प्रत्याशी रहेका थिए।  ताम्लिङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रकोतर्फबाट उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा समेत उपाध्यक्षको उम्मेदवार थिए। 

एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेका उनी नेकपा(माओवादी केन्द्र)का कृष्णकुमारी कडरियासंग १ मतको अन्तरमा पराजित भए। मादेन र ताम्लिङसहित श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरूलाई पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई,उपाध्यक्ष लाक्पा तामाङसहितले पार्टीमा स्वागत गरेका छन्। जिल्ला अध्यक्ष शेर्पाले पार्टी स्थापनाको एकबर्षे अवधिमा श्रम संस्कृति पार्टी ताप्लेजुङ र मातहतका कमिटीमार्फत भएका गतिविधिको बारेमा प्रकाश पारेका थिए।

२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा यहाँ श्रम संस्कृति पार्टीले चौथो स्थानको मत ल्याएको छ। उतिबेला नेकपा एमालेका क्षितिज थेबे प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ निकटतम प्रतिस्पर्धी रहे भने नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढा क्षेत्रीले तेस्रो स्थानको मत ल्याउँदा श्रम संस्कृतिका सन्तोष राईले चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले पाँचौ स्थानको मत ल्याएका थिए। 

प्रकाशित: १७ कार्तिक २०८३ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App