नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सम्पन्न भइसकेको छ।
गाउँपालिका अधिवेशनबाट नाम्खा गाउँपालिकाको सभापतिमा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सर्वसम्मत चयन भएका छन्।
गाउँ तथा वडा अधिवेशनपछि अब महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया प्रारम्भ हुने जानकारी सभापति सिंहले दिए।
प्रकाशित: १० आश्विन २०८३ ०६:२५ शनिबार





