१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले नयाँ संस्थागत संरचना बनाउँदै

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित विचार, नीति तथा कार्यक्रम नागरिकमाझ पुर्‍याउन मंसिर महिनाभरि विशेष अभियान सञ्चालन गर्ने भएको छ। 

कांग्रेस सभापति गगनकुमार थापाले अभियानमार्फत पार्टीका राजनीतिक विचार र कार्यक्रम समर्थक, शुभेच्छुक तथा आम नागरिकसम्म पुर्‍याइने जानकारी दिएका हुन्। अभियानको विस्तृत कार्ययोजना पार्टी कार्यालयले तयार गर्ने र त्यसको सैद्धान्तिक पक्ष बैठकबाट पारित गरिने उनले बताए। 

थापाका अनुसार तिहार र छठलगत्तै पार्टीको लिडरसिप एकेडेमीले काम सुरु गर्नेछ। यसैगरी इलेक्सन ब्युरो र गभर्नेन्स इन्स्टिच्युटलाई सक्रिय बनाइने तथा ‘इन्स्टिच्युट फर फरेन अफेयर्स’ लगायत थप संस्थागत संरचना गठन गरिनेछ। 

पार्टीका विभिन्न विभागसमेत गठन गरी नेताहरूको रुचि र क्षमताअनुसार जिम्मेवारी बाँडफाँट गर्ने तयारी कांग्रेसको छ। पदाधिकारीहरूको कार्यविभाजनलाई स्पष्ट बनाउँदै प्रत्येक सहमहामन्त्रीलाई निश्चित कार्यक्षेत्र र कार्यादेश तोकिने थापाले बताए।

उनले पार्टीका नेताहरूलाई आफू कुन निकाय वा विभागमा बसेर काम गर्न इच्छुक छन् भन्ने जानकारी गराउन पनि आग्रह गरेका छन्। 

थापाले जिल्ला, क्षेत्र र गाउँ तहका नेताहरूलाई केन्द्रको निर्णयअनुसार पार्टीका गतिविधि सञ्चालन गर्न निर्देशन दिँदै कार्यक्रमलाई औपचारिकतामा सीमित नराख्न जोड दिएका छन्। 

प्रकाशित: १३ कार्तिक २०८३ १२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App