२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : महिला उम्मेदवार को को छन् ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला पदाधिकारीतर्फ पाँच जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार महामन्त्रीमा डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन्। 

त्यस्तै सहमहामन्त्रीमा प्रतिमा गौतमले उम्मेदवारी दर्ता गराएकी छन् भने पुष्पा भुसालले उपसभापतिमा आफ्नो उमेदवारी दिएकी छन्। 

महिला महामन्त्रीतर्फ संग्रौला, खनाल र उपाध्यायबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेसमा महिला महामन्त्रीका लागि तीन जनाको उम्मेदवारी परेको हो। 

यस्तै, सहमहामन्त्रीतर्फ गौतमको र उपसभापतिमा  पुष्पा भुसालको उम्मेदवारी परेको छ। 

कांग्रेसले केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ताको समय यसअघि दिउँसो ४ बजेसम्म तोकेको थियो। निर्वाचन समितिले दुई घण्टा समय थप गर्दै मंगलबार साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय बढाएको छ।  

प्रकाशित: २० आश्विन २०८३ १७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App