नेपाली कांग्रेसको १५औँ महाधिवेशन बिहीबार हुने भनिएको मतदानको समय पुनः सरेको छ।
यसअघि बिहान १० बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका तय गरिएको थियो। तर निर्वाचनको तयारी पूरा गर्न समय लाग्ने भन्दै मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो।
त्यसपछि तयारी पूरा नभएपछि निर्वाचन समितिले मतदानको समय फेरि एक घण्टा पछाडि सार्दै दिउँसो २ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको हो।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी परेको छ। मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्च क्षेत्रमा विभिन्न प्रदेश तथा समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ।
प्रकाशित: २२ आश्विन २०८३ १३:१५ बिहीबार


-600x400.jpg)


