२१ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनः चार प्रतिवेदन पारित हुँदै

फाइल तस्बिर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र सम्पन्न हुँदैछ।  

बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारासम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ।

यसअघि गत सोमबारदेखि निरन्तर ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले निरन्तर विचार राखिरहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिए। छलफलमा सात प्रदेशकासहित भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि पनि सहभागी हुनेछन्। 

प्रकाशित: २१ आश्विन २०८३ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App