नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा बहादुर सिंह लामा तामाङ विजयी भएका छन्।
मतगणनाको परिणामअनुसार लामाले ३ हजार २४५ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
एक पदका लागि भएको निर्वाचनमा ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
आदिवासी जनजाति महिलातर्फ निर्वाचित :
आदिवासी जनजाति महिलातर्फ आठ जना निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार गीता गुरुङले २ हजार ८५९, डा गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरेका छन्। महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।
खुलातर्फ १२ जना निर्वाचित :
आदिवासी जनजाति खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचन समितिका अनुसार खुलातर्फ तीर्थ लामाले सर्वाधिक ४ हजार ४२५ मत प्राप्त गरेका छन्।
त्यस्तै, ई अनुप श्रेष्ठले २ हजार ५५१, डा प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएका छन्।
प्रकाशित: २८ आश्विन २०८३ ११:३४ बुधबार

