२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्रीले भने- इन्टरनेटको महसुल बढाउन कुनै स्वीकृति दिएका छैनौं

सरकारले इन्टरनेट सेवाको महसुल वृद्धि गर्न कुनै पनि स्वीकृति नदिएको स्पष्ट पारेको छ।

सञ्चारमन्त्री विक्रम तिमलसिनाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उपभोक्ताबाट स्वीकृत दरभन्दा बढी शुल्क असुल्ने जो-कोहीमाथि कानुनी कारबाही गरिने चेतावनी दिए।

नेपाल दूरसञ्चार प्राधिकरणले हाल इन्टरनेट सेवाको महसुल बढाउन कुनै पनि अनुमति नदिएको मन्त्री तिमलसिनाले प्रस्ट पारेका छन्।

स्वीकृतिबिना महसुल वृद्धि गर्ने, उपभोक्ताबाट तोकिएको दरभन्दा बढी शुल्क लिने, महसुलबारे भ्रम सिर्जना गर्ने तथा गैरकानुनी रूपमा सेवा सञ्चालन गर्ने कार्य पाइएमा तत्काल छानबिन गरिने उनले बताए।

दोषी प्रमाणित भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने बताउँदै सञ्चारमन्त्री तिमलसिनाले उपभोक्ताको हितविपरीत हुने कुनै पनि गैरकानुनी गतिविधि सरकारलाई स्वीकार्य नहुने उल्लेख गरेका छन्।

प्रकाशित: २४ आश्विन २०८३ १९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App