३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभामा समितिको प्रतिवेदन पेस

राष्ट्रिय सभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन्। जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ।

यस्तै, बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन’सभा समक्ष पेस गरे।

त्यस्तै, सभाध्यक्षसमेत रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराए भने विषयगत समितिमा रहने सदस्यको नाम हेरफेर तथा मनोनयन गरे।

प्रकाशित: २३ श्रावण २०८२ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App