३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

चन्द्र भण्डारीले छाडे महाधिवेशन स्थल

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी विशेष महाधिवेशन स्थलबाट बाहिरिएका छन् । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलबाट भण्डारी बाहिरिएका हुन् । उद्घाटन सत्रदेखि महाधिवेशन स्थलमा नै रहेका भण्डारी बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै असन्तुष्ट बनेका हुन् ।  

पार्टी फुटाउन नहुने पक्षमा रहेका नेता भण्डारीले जेनजी आन्दोलनपछि कांग्रेसमा पनि रुपान्तरण आवश्यक रहेको बताउँदै आएका थिए ।

प्रकाशित: २९ पुस २०८२ १६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App