२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

काठमाडौं बसेका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न अध्यक्ष ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आ-आफ्नो निर्वाचन क्षेत्र फर्कन निर्देशन दिएका छन्।

पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान निर्देशन दिएका हुन्।

‘तपाईंहरू विभिन्न पेसा व्यवसाय गर्न काठमाडौं आउनु भएको छ। अहिले निर्वाचनको माहोल छ,’ अध्यक्ष ओलीले भने, ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस। पार्टीको पक्षमा माहोल बनाउनुहोस। आफन्त भेट्नुहोस। साथीभाइसँग बस्नुहोस। पार्टी र नेतृत्व विरुद्धका भ्रमहरू चिर्नुहोस।’

प्रकाशित: २२ माघ २०८२ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App