२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक बस्दै

फाइल तस्बिर

नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुनःस्थापनामा निरन्तर जुटिरहेका छन्।

सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनःस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App