नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बूढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पारेको असरप्रति दुःख व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री देउवाले नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
त्यस्तै, उनले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न अनुरोध गरेका छन्। उनले भनेका छन्,‘यस विपद्को समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अनुरोध गर्दछु।’
प्रकाशित: २५ आश्विन २०८३ १३:३६ आइतबार


-600x400.jpg)


