५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका दाइ हरिशरण लामिछानेले पाँच बुँदे सुझाव दिएका छन्। 

उनले रास्वपाको वाचापत्रअनुसार प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिएका हुन्।

हरिशरणले दसैंको अवसरमा भाइ रविसँग गैर राजनीतिक भेटमा विभिन्न विषयमा छोटो छलफल गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सुझाव सार्वजनिक गरेका छन्।

उनले जलवायु परिवर्तनबाट उत्पन्न परिस्थितिको दिगो समाधान खोज्नुपर्ने, नेपालको भूबनोटअनुसार देशभर पोडवे निर्माण गर्नुपर्ने र हेटौंडा-काठमाडौं पुरानो रोपवेलाई आधुनिक पोडवेमा रूपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्। यस्तो परियोजनाले सडकमा सवारी चाप घटाउन र वातावरण संरक्षणमा सहयोग पुर्‍याउन सक्ने उनको भनाइ छ।

त्यस्तै, उनले भूमिगत जल पुनर्भरण योजना, काठमाडौंको जलप्रवाह सुधार, विपन्न तथा कम आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा र सौर्य ऊर्जामार्फत घरेलु आम्दानी बढाउन सकिने स्मार्ट मिटरिङ प्रणालीको अवधारणा अघि सारेका छन्।

हरिशरणले रास्वपाको वाचापत्रअनुसार गैर दलीय स्थानीय तह निर्वाचनको विषयमा पनि स्पष्ट धारणा बनाउन सुझाव दिएका छन्।

देशको आर्थिक, सामाजिक, राजनीतिक तथा भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय प्राथमिकता र रणनीति तय गर्नुपर्ने उनको भनाइ छ। राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र प्रगतिका लागि सर्वपक्षीय सहमति निर्माण गर्नुपर्ने सुझाव पनि उनले दिएका छन्।

उनले लेखेका छन्
हाम्रो दसैँ वार्ता :  साथीहरू, फेरि पनि दसैँको शुभकामना!!!
हुन त यो कुनै राजनीतिक भेट होइन, तर पनि दसैँको छेकोमा, देशको महत्त्वपूर्ण राजनीतिक दलको नेताका रूपमा मैले भाइ रवि लामिछानेसँग विषयगत रूपमा छोटकरीमा सुझाएका ५ विषय !!!
१. जल प्रलय बाट उत्पन्न परिस्थिति र दिगो समाधान Climate Change र हाम्रा प्राथमिकताहरू
२. नेपालको भूबनोट अनुरूप दीर्घकालीन योजना सहित देशव्यापी Podway निर्माण, हेटौँडा काठमाडौँ पुरानो Ropeway लाई आधुनिक Podway मा रूपान्तरण, पर्यावरणमैत्री र कम लागतको छोटो समय अवधि, सडकमा सवारी चाप नियन्त्रणमा Game Changer project ल्याउनु पर्नेमा जोड
३. जमिनमुनि पानी पठाउने Ground water recharge योजना र काठमाडौँ को जलप्रवाह सुधारका सम्भावना/ विपन्न र औसत भन्दा कम आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा। सौर्य ऊर्जाको घरेलु व्यवसायबाट पनि आम्दानी गर्न सकिने Smart meatering system सम्बन्धी अवधारणा
४. गैर दलीय स्वतन्त्र स्थानीय तह निर्वाचन, किन, प्रदेशको सवाल (रास्वपाकै बाचा पत्र बमोजिम)
५. आर्थिक, सामाजिक, राजनीतिक र वर्तमान भूराजनीतिका पेचिला परिस्थितिमा नेपालको प्राथमिकता र रणनीति। देशमा राजनीति स्थिरता, सुशासन, दिगो शान्ति र प्रगतिका लागि सर्वपक्षीय सहमति निर्माण

प्रकाशित: ५ कार्तिक २०८३ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App