२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्री र गृहसचिवको गाडीबाट हटाइयो कालो सिसा

गृहमन्त्री सुधन गुरूङ र गृहसचिव राजकुमार श्रेष्ठको सवारी साधनमा प्रयोग गरिएको कालो स्टिकर हटाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार उनीहरूको सवारीबाट कालो सिसा हटाएको हो।

कालो सिसा हटाउने अभियानलाई सक्रिय बनाउन गृहमन्त्री गुरूङ आफैँ अग्रसर हुदैँ ट्राफिक प्रहरी कार्यालय पुगेका थिए। गृहमन्त्रीको आग्रह र उपस्थितिमा प्रहरीले उनी र गृहसचिवको गाडीमा जडान गरिएको कालो स्टिकर निकालेको थियो।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले कालो सिसा हटाउने अभियानलाई कडाइका साथ सञ्चालन गरिएको जानकारी दिए।

प्रहरीका अनुसार कालो सिसा भएका सवारी साधनबाट साना हतियार, लागुऔषध र सुन ओसारपसार हुने जोखिम रहन्छ।

प्रकाशित: १५ असार २०८३ १८:३१ सोमबार