एमालेको उपाध्यक्षका उम्मेदवार गुरु बराल र उपमहासचिवका उम्मेदवार विष्णु रिमाल उम्मेदवारीको पदसहित केन्द्रीय सदस्यबाट पनि बाहिरिएका छन् ।
उपाध्यक्षमा मनोनित बराल सोही पदमा प्रतिस्पर्धा गर्दा पराजित भएका हुन् । उपाध्यक्षमा पराजित हुने अध्यक्ष केपी ओली प्यानलका उनी एक्लो हुन् ।
त्यस्तै उपमहासचिवमा पराजित विष्णु रिमाल पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । अध्यक्ष ओलीको सचिवालयमा रहँदा एकल निर्णय गरेको र सचिवालयमा हालिमुहाली गरेको आरोप रिमाललाई लाग्ने गरेको छ ।
केन्द्रीय सदस्यमा बरालले ७५४ र रिमालले ६३० मत मात्रै पाए।
प्रकाशित: ३ पुस २०८२ १५:०८ बिहीबार



-600x400.jpg)

