नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेपाल दलित संघको अध्यक्ष पदमा रामुदामुलाई नियुक्त गरेका हुन्।
कांग्रेसले रामुदामुलाई तोकिएको समयभित्र नेपाल दलित संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी समेत दिएको जनाएको छ। उनलाई ११ बुँदे कार्यादेश र कार्यविवरणसहित संगठनलाई पुनर्गठन तथा महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी प्रदान गरिएको नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: २ असार २०८३ ०९:१२ मंगलबार





