२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

बाँस्कोटाको व्यंग्य : बालेनले गगनलाई ‘नयाँ दल’ भनेर त्यति साह्रो नहेपेको भए हुने थियो

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली कांग्रेसका सभापति गगन थापालाई नयाँ दल भनेर गरेको टिप्पणीप्रति व्यंग्य गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले व्यंग्य गरेका हुन्। उनले कांग्रेसको महाधिवेशनको मञ्चमा नयाँ–पुराना दलबीचका मिलन र विछोडका ‘रमाइला आवाज’ गुञ्जिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, 'एक तिहाइ कांग्रेस अनुपस्थित महाधिवेशनको मञ्चमा नयाँ पुराना दलका मिलन विछोडका रमाइला आवाज गुञ्जिएका थिए। तर प्रम बालेनले गगनलाई मध्यरातमा नयाँ दल भनेर त्यति साह्रो नहेपेको भए हुने थियो।'

प्रधानमन्त्री शाहले आयतबार राति फेसबुकमा 'धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्' भनेर स्टाटस लेखेका थिए।

प्रकाशित: १९ आश्विन २०८३ १२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App