२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

गरिबी १० प्रतिशतमा झार्ने बालेन सरकारको लक्ष्य

बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले नेपालको गरिबीदर १० प्रतिशतमा झार्ने लक्ष्य सार्वजनिक गरेको छ । सरकारी प्रतिवद्धता अनुसार आआगामी पाँच वर्षभित्र गरिबीको दर १० प्रतिशतमा झर्ने छ ।  

राजनीतिक दलहरूको घोषणापत्रमा आधारित राष्ट्रिय प्रतिबद्धतामा सरकारले गरिबीको दर आगामी पाँच वर्षमा आधा घटाउने प्रतिबद्धता जनाएको हो । नेपालमा पछिल्लो तथ्यांक अनुसार गरिबीको दर २०.२७ प्रतिशत छ ।

सरकारले आगामी पाँच वर्ष औसत आर्थिक वृद्धिदर सात प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय तीन हजार डलर तथा कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्‍याइने प्रतिबद्धता पत्रमा भनिएको छ ।

प्रकाशित: १ वैशाख २०८३ १६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App