२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

बागमती प्रदेश सभाका सभामुखले दिए राजीनामा

बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । 

जेन-जी आन्दोलनका क्रममा राज्यबाट अत्यधिक बल प्रयोग भएको र उक्त घटनाले आफूलाई मर्माहत बनाएको कारण देखाउँदै उनले पद त्यागेका हुन् । उपभासमुखलाई सम्बोधन गरिएको राजीनामा पत्रमा पाठकले राष्ट्र रोएका समय नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहनु सर्वथा अनुचित हुने उल्लेख गरेका छन् ।  

पाठक राप्रपाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । राप्रपाले आन्दोलन सुरु भएकै दिन गत भदौं २३ गते केन्द्र र प्रदेशसभाका सबै सांसदको राजीनामा घोषणा गरेको थियो। 

प्रकाशित: १ आश्विन २०८२ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App