२७ मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत पाएका छन्। मङ्गलबार (आज) साँझ विश्वासको मत पाउँ भनी प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ६३ सांसदले मतदान गरेसँगै मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गरेका हुन्।

मुख्यमन्त्री बानियाँको पक्षमा उनको दल नेपाली कांग्रेसहित नेकपा (एमाले) का सांसदहरूले मतदान गरेका हुन्। विपक्षमा २२ सांसदले मतदान गरेका छन्। ११० सदस्यीय प्रदेश सभामा आजको बैठकमा ९२ सांसद उपस्थित थिए।

बानियाँ गत साउन २० मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित: २७ श्रावण २०८२ १९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App