१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्।

सोमबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री  बानियाँले पदबाट राजीनामा घोषणा गरेका हुन्।

राजीनामा दिनुअघि मुख्यमन्त्री बानियाँले आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका थिए।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने प्रायोजनका लागि सभा बसिएको थियो। अल्पमतमा रहेका बानियाँले विश्वासको मत नमागि सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन्।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन चाहिन्छ।

प्रदेश सभामा कांग्रेसको ३६ सिट, नेकपा एमालेको उपभासमुखसहित २५ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग २६ सिट रहेको छ।

यस्तै, प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका दुई सांसद रहेका छन्।

प्रकाशित: १ भाद्र २०८३ १४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App