२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा सांसद कार्कीले विदेशी महिलालाई अलपत्र पारेको विषयलक्षित आशिका : गलतलाई गलत भन्न छोड्नु हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयलाई लक्षित गर्दै प्रतिक्रिया दिएकी छन्।

उनले कसैलाई अन्याय हुनुहुँदैन र कसैले अन्याय गर्छ भने गलतलाई गलत भन्न छोड्नु नहुने भन्दै प्रतिक्रिया दिएकी हुन्। उनले महिला स्वदेशी होस् कि विदेशी, यो धर्तीकी आमा भएको भनाइ राखिन्।  

'महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन्! देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ!' उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनिन्। 

साथै, महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी रहेको बताइन्। पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो संसार भएको बताउँदै उनले भनिन्, 'देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ! महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी छ। पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो। यहाँ कसैलाई अन्याय हुनुहुँदैन र कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन।'

प्रकाशित: ६ जेष्ठ २०८३ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App