राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिका तामाङले ग्यास अभावलाई लिएर सरकारमाथि असन्तुष्टि जनाएकी छिन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ग्यास अभावका कारण जनता भोकभोकै बस्नुपरेको भन्दै आपत्ति जनाइन्।
उनले पसलमा ग्यास हेर्दै भोकभोकै जनता बस्नुपर्ने दिन हेर्न जनताले दुई तिहाइको मत दिएर पठाएको हो? भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘मलाई दिनकै पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन् भनेर फोन आउँछ। यो त ल्हासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त?’
यस्तै, उनले बजारमा साँच्चिकै ग्यास नभए सरकारले जनतालाई दाउरा खोजि भात पकाएर खाऊ भन्न चुनौती दिइन्। उनले मन्त्री परिवर्तन गर्नु मात्र सोलुसन नभएको बताइन्।
उनले भनिन्,‘ महिनापिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ।’
प्रकाशित: २६ भाद्र २०८३ १४:१९ शुक्रबार




-600x400.jpg)
-600x400.jpg)