२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

पर्यटन मन्त्रीलाई भेट्न जाँदै हुनुहुन्छ? पहिला फाराम भर्नुहोस् !

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री खड्क राज पौडेल (गनेस)ले आफूलाई भेट्न चाहनेहरू सर्वसाधारण तथा पार्टीका कार्यकर्ताहरूले अघिल्लो दिन नै फाराम भर्नु पर्ने व्यवस्था लागु गरेका छन् । 

यो हप्तादेखि यस्तो व्यवस्था लागु गरिएको मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्ययले बताए । उनले भने, ‘मन्त्रालयमा अनावश्यक भिडभाड नहोस भनी भेटघाटलाई व्यवस्थित बनाउन हामीले यस्तो नियम बसालेका हौ ।’ उनका अनुसार मन्त्रीकै चाहना अनुसार अघिल्लो दिन फाराम भर्नु पर्ने व्यवस्था मिलाएको हो ।  

मन्त्रीलाई भेट्न भर्नु पर्ने फारम मन्त्रालयको वेइवसाइडमा राखिएको छ। वेइवसाइडमा ‘मन्त्री ज्युलाई भेट्न यहाँ क्लिक गर्नुहोस’भनी लेखिएको छ । त्यहाँ क्लिक गर्दा फाराम भेटिन्छ । त्यसमा आफ्नो, नाम ठेगाना, सम्पर्क नम्बर लेखेर मात्र पुग्दैन । त्यहाँ कुन प्रयोजनका लागि भेट्न खोजिएको हो, त्यो पनि खुलाउनु पर्छ । 

फाराममा नै प्रयोजनबारेमा बिकल्प राखिएको छ । संस्कृति सम्बन्धी, पर्यटन सम्बन्धी, नागरिक उडयन सम्बन्धी तथा अन्य प्रयोजन मध्ये कुनै एक ठाउँमा क्लिक गर्नु पर्छ । त्यसपछि भेट्ने मिति आफूले छान्नु पर्छ । मन्त्रीलाई भेट्ने समय भने मन्त्रालयले नै तोकेको छ । हरेक दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म भेट्न समय तोकिएको छ । मन्त्रालयका अनुसार फाराम भरे पछि मन्त्रीलाई भेट्न समय पाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयको वेइवसाइडमा फाराम भरेरै गुनासो तथा सुझाव दिनकोलागि व्यवस्था गरिएको छ । मन्त्रालयको अनुसार गुनासोकोलागि फाराम भर्ने व्यवस्था पहिले नै गरिएको थियो । तर भेट्नकोलागि फाराम भर्नु पर्ने व्यवस्था भने पहिलो पटक गरिएको हो ।

प्रकाशित: २६ चैत्र २०८२ १९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App