संघीय संसदका दुवै सदनको वर्षे अधिवेशन सुरु भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबारदेखि अधिवेशन आह्वान गरेअनुरुप पहिलो बैठक सुरु भएको हो।
पहिलो बैठकमा नै सरकारले ८ वटा अध्यादेश टेवल गर्ने कार्यसूची बनाएको छ। संघीय संसद् सचिवालयका अनुसार, प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश पेस गर्ने कार्यसूची छ।
यस्तै अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, कानून मन्त्री सोबिता गौतम, भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले, स्वास्थ्यमन्त्री निशा मेहता र शिक्षा मन्त्री सस्मित पोखरेलले पनि अध्यादेश पेस गर्नेछन् ।
पहिलो दिनको बैठकमा आज सभामुख डोलप्रसाद अर्यालले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरू मनोनयन गर्ने कार्यसूची छ।
आजैको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि टेबल हुनेछ।
प्रकाशित: २८ वैशाख २०८३ १४:१४ सोमबार





